​मेगा बैंकबाट २ करोड ९ लाख ठग्ने थाइल्याण्डबाट पक्राउ

बुद्धबार, माघ ७, २०७१ साल,
काठमाडौं माघ ७ । किर्ते गरी मेगा बैंकमा रहेको टुरिज्म डेभलप्मेन्ट बैंकको खाताबाट २ करोड ९ लाख रुपैयाँ निकाल्ने अभियुक्त सञ्जय ढकाललाई प्रहरीले थाइल्याण्डको बैंककबाट पक्राउ गरेको छ ।ढकालले टुरिज्म डेभलपमेन्ट बैंकका तत्कालीन सीइओ रेवन्त दाहालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने ढकाललाई नेपाल प्रहरीको एक टोली बैंकक पुगेर पक्राउ गरेको हो ।
प्रहरीले ढकाललाई गत साता पक्राउ गरी शनिवार नेपाल ल्याएको जनाएको छ । मेगा बैंकमा रकम निकाल्न जाँदा ढकालले आफ्नो नागरिकता प्रयोग गरेका थिए ।

दुई पटक दुइवटा चेकबाट भुक्तानी भएको थियो । ढकालले २०७० माघ १२ गते ९ लाख २७ हजार र १३ गते २ करोड रुपैयाँ आफ्नो खातामा जम्मा गरेका थिए ।

सिइओ दाहालले बैंक छोडेको ६ महिनापछि उनको नक्कली हस्ताक्षरमा रकम निकालिएको थियो । बैंकले सिइओ परिवर्तन भएको जानकारी नगराएकाले पुरानै सीइओको हस्ताक्षरमा भुक्तानी दिएको मेगा बैंकले दाबी गर्दै आएको थियो । घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411