​सिटिजन्स बैंक र अफ्ताब करेन्सी एक्सचेन्जबीच रेमिटेन्स संझौता

सोमबार, मंसिर १४, २०७२ साल,
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडबीच रेमिटेन्स संझौता भएको छ । 
 
विश्वको विभिन्न १५ देशबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीबाट पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । 

यो सम्झौता अनुसार बेलायत, स्पेन, बेल्जियम, जर्मनी, स्वीडेन, फ्रान्स, आयरल्यान्ड, इटाली, नर्वे, नेदरल्यान्ड, डेनमार्क, पोर्चुगल, ग्रिस लगायत अन्य युरोपेली राष्ट्रहरुबाट अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड मार्फत रकम पठाउन सकिने छ । यसरी पठाएको रेमिटेन्स सिटिजन्स बैंकको नेपाल भर रहेको ५६ वटा शाखाहरु र तीन हजार भन्दा बढि सहायक प्रतिनिधिबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने जानकारी दिइएको छ । 
 
सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा अफ्ताब करेन्सी एक्सचेन्जका सञ्चालक अफताब अशरफले हस्ताक्षर गरेका छन् । 
 
बैंकले यस अघि बेलायतको स्मल वल्र्ड फाईनासियल सर्भिसेस, यूएईको अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस र अल दहाब एक्सचेन्जसँग रेमिटेन्स सम्झौता गरिसकेको छ । 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411