एस डेभलपमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव
सोमबार, मंसिर १४, २०७२ साल,

काठमाडौं । एस डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको २१९ औ बोर्ड बैठकले १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गतआर्थिक बर्षमा बैंकले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने चार गुणा बढाएर खुद मुनाफा ३ करोड ९८ लाख रुपैयाँ कमाएको छ । त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मा बैंकको निक्षेप ६ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने यसअवधिमा बैंकले कर्जा ६ अर्ब १ करोड ९० लाख रुपैयाँ पु¥याएकोे छ ।
गतबर्षको यसैअवधिमा ४ दशमलव ७९ प्रतिशत रहेको निष्क्रिय कर्जा घटाएर ३ दशमलब २३ प्रतिशतमा झारेको छ । गत वर्ष सात प्रतिसत बोनस सेयर वितरण गरेको थियो ।