सुनको भाउ बुधबार आठसयले बढ्यो, तोलाको ५४ हजार चारसय

बुद्धबार, माघ ७, २०७१ साल,
काठमाडौं माघ ७ । बुधबार सुनको भाउमा उच्च वृद्धि भएको छ। बुधबार एकै दिन सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ।

मंगलबार तोलाको ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ५४ हजार चार सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ गएको असार ३१ गतेपछि पहिलो पटक ५४ हजार पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंश २१ डलरले बढेकाले नेपालमा पनि सुनको भाउमा ठुलो वृद्धि भएको छ । 

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदी तोलाको सातसय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदीको भाउ तोलाको सातसय ३५ रुपैयाँ थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411