एनएमबी बैंकको ८ प्रतिशत बोनस सेयर प्रस्ताव, पुँजी ४ अर्ब ४८ करोड रुपैयाँ पुग्ने

आईतवार, मंसिर १३, २०७२ साल,
काठमाडौं। एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकले बोनससहित कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि गरेको छ।
 
आइतबार बसेको बैंक सञ्‍चालक समितिको बैठकले लाभांश सम्बन्धि निर्णय पारित गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।

एनएमबी बैंकको पुँजी चार अर्ब १५ करोड रुपैयाँ छ। एनएमबीमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी बिकास बैंक, पाथीभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्स गाभिएपछि बैंकको पुँजी यती पुगेको थियो ।
 
आइतबार प्रस्तावित बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ४ अर्ब ४८ करोड २० लाख पुग्छ। यस पटक ३३ करोड २० लाख रुपैयाँ पुँजी थपिँदै छ।
  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411