
काठमाडौं । गत आर्थिक वर्ष २०७१/७२ को मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ६० करोड ३९ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको सोही अवधीको तुलनामा १० दशमलव ३७ प्रतिशले घटेको हो । गत वर्ष सोहि अवधिमा बैंकको ६७ करोड ३८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।
बैंकले १ खर्ब ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ रहेको निक्षेप चालु आवमा १८ दशमलव ३० प्रतिशतले वृद्धिभई १ खर्ब २३ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाहमा गत वर्षको तुलनामा २२ दशमलव ७२ प्रतिशतले वृद्धिभई ७४ अर्ब ६९ लाख रुपैयाँ पुर्याएको छ भने गत वर्ष सोहि अवधिमा ६० अर्ब ८६ करोड ५३ लाख रुपैयाँ पुर्याएको थियो ।
खुद व्याज आम्दानी गत वर्षको तुलनामा ९२ दशमलव ८४ प्रतिशतले वृद्धिभई १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष सोहि अवधिमा ७८ करोड ७ लाख रुपैयाँ पुगेको थियो । त्यस्तै सञ्चालन मुनाफा ४ गुणाले बढेर ७४ करोड ९० लाख रुपैयाँ पुगेको छ भने गत वर्ष सोहि अवधिमा १८ करोड १७ लाख रुपैयाँ पुगेको थियो ।
बैंकले संभावित जोखिम वापत २४ करोड ५९ लाख रुपैयाँ राखेको छ भने संभावित जोखिम वापत फिर्ता १४ करोड ९५ लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ४४ प्रतिशतले घटेर ३ दशमलव ५१ प्रतिशत रहेको छ भने पूँजीकोषमा ९जोखिम भारित सम्पत्ति० ४ दशमलव १३ प्रतिशतले बढेर १० दशमलव ६५ प्रतिशत रहेको छ ।