​ज्योति विकास बैंकसँग हाम्रो विकास बैंक पनि गाभिने

आईतवार, मंसिर १३, २०७२ साल,
काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक  एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ । 

चैत्त मसान्तसम्ममा मर्जर पुरा हुने र आगामी वैशाखबाट एकिकृत कारोबार थाल्ने योजना रहेको छ । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ९२ करोड ३४ लाख रुपैंया चुक्तापूँजी तथा हाम्रो विकास बैंकको १२ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रेहको छ । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ ।

हाम्रो विकास बैंकका प्रमुख कार्यकारी कपिल दाहालका अनुसार स्वाप रेसियो डिडिएको रिर्पोटका आधारमा तय गरिनेछ । 
ज्योती विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको थियो भने हाम्रो विकास बैंक ले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालुबर्षको पहिलो त्रैमासको विवरण अनुसार ज्योति विकास बैंकको निष्कृय कर्जा १ दशमलव ८९ प्रतिशत रहेको छ भने हाम्रा विकास बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत रहेको छ । 

दुवै बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेका थिए । मर्जर पश्चात बन्ने नयाँ बैंकको २८ शाखा तथा २ एक्सटेन्शन काउण्टर हुनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411