​गुल्मीको तम्घासमा प्रभु बैंकले शाखा खोल्यो

बिहीवार, मंसिर १०, २०७२ साल,
काठमाडौं । प्रभु बैंकले बिहीबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका संचालक दक्ष पौडेलले गरे ।

गत वर्ष किष्ट बैंकसँगको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखामध्ये वुटवल शाखा कार्यालयलाई तम्घासमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

चालू आर्थिक वर्षको असोज मसान्त्सम्ममा बैंकल ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २६ करोड रुपैयाँ नाफा कमाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411