ग्लोबल आइएमइको नयाँ शाखा सुकेधारामा

बुद्धबार, मंसिर ९, २०७२ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बुधबार शाखा र एटिएम सेवाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति थियो ।

यो सँगै उपत्यका भित्रमात्र बैंकका शाखा संख्या ३१ पुगेको छन् । एटीएम भने उपत्यकामै ४६ वटा पुगेका छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । 

६३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले ५२ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवा तथा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411