​महोत्तरीको बर्दीवासमा प्रभु बैंकको शाखा

मंगलवार, मंसिर ८, २०७२ साल,
काठमाडौं । प्रभु बैंकले महोत्तरीको बर्दीवासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कामु निर्देशक रामहरि न्यौपानेले शाखा कार्यालयको उद्घाटन गरे ।

किष्ट बैंकसँग मर्ज भएपछि जनकपुरमा रहेमा दुईमध्ये एउटा शाखालाई बर्दीवासमा सारिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमश स्थानान्तरण गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

नयाँ(नयाँ ठाउँमा शाखा कार्यालय स्थापना हुँदा प्रभू बैंकको सेवा विस्तार हुने क्रम जारी छ । यसले ग्राहकहरुलाई सरल र सहज बैंकिङ सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।  बैंक ग्राण्ड बैंकसँग मर्जरको प्रक्रियामा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411