
काठमाडौं । आइसीएफसी फाइनान्सको ५० प्रतिशत शेयर मंगलबारबाट निष्काशन भएको छ । गत कार्तिक ११ गतेसम्मका शेयरधनीका लागि फाइनान्सले प्रति २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको हो ।
प्रतिकित्ता १ सय रुपैंयाका दरले फाइनान्सले २१ लाख ३४ हजार ८ सय ४५ कित्ता शेयर निष्काशन गरेको हो ।
फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नाचघर तथा फाइनान्सको केन्द्रिय कार्यालयका साथै सबै शाखाहरुबाट शेयरधनीले हकप्रद शेयरको आवेदन दिन सक्ने छन् ।
यसका अलावा ग्लोबल आइएमई क्यापिटलको नाममा एकाउण्ट पेयी चेक काटेर शेयर धनीले हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटलमा हुलाक मार्फत पनि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । यसका लागि आवेदकले चेक सहित सबै कागजात ग्लोबल आइएमई क्यापिटल लिमिटेडको पेष्ट बक्स नम्बर २१५९९, नाचघर, जमल, काठमाण्डौंमा पठाउनु पर्नेछ ।
४२ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर जारीपछि पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले २०७४ असार मसान्तसम्म ८० करोड चुक्ता पुँजी पुर्याउने जनाएको छ । कम्पनीको सेयर पुस १३ गतेसम्म भर्न पाइने छ ।