​हिमालयन बैंकको पहिलो त्रैमासिक खुद नाफा ३२ करोड २७ लाख रुपैयाँ

बिहीवार, मंसिर ३, २०७२ साल,
काठमाडौं । हिमालयन बैंकले पनि यस वर्षको पहिलो त्रैमासमा ३२ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा साढे पाँच करोड रुपैयाँ नाफा बढाएको हो । गत वर्ष २६ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

यो बैंकले विदेशी विनिमयको कारोबारबाट पनि नाफा बढाएको छ । यो कारोबार बैंकले पाँच करोड रुपैयाँ नाफा बढाएर १३ करोड रुपैयाँ पुर्यायो । व्याज आम्दानीमा भएको बृद्धि र विदेशी विनिमयमा भएको नाफाले बैंकको खुद नाफा बढाउन सहयोग पुगेको हो । 
बैंकको खराव कर्जाको मात्रा भने बढेको छ । गत वर्ष २.१८ प्रतिसत रहेको खराव कर्जाको मात्रा यस वर्षको पहिलो त्रैमासिक अवधिसम्म ३.३५ प्रतिसत पुगेको हो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411