पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो

आईतवार, माघ ४, २०७१ साल,
काठमाडौं माघ ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । नयाँ दरअनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसामा किन्न सक्ने छन् ।

त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पैसा कायम भएको प्रवक्ताले जानकारी दिए । गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ ।

स्वचालित मूल्य प्रणाली लागु गरेपश्चात निगमको घाटा पनि कम हुँदै गएको छ । असोज १३ गते एक लिटर पेट्रोल किन्न उपभोक्ताले १ सय ३४ रुपैयाँ ५० पैसा तिर्नुपथ्र्यो ।

निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य तोक्दै आएको  छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411