​एनसिसि बैंकले पहिलो त्रैमासमा १२ करोड ७१ लाख कमायो

बुद्धबार, मंसिर २, २०७२ साल,
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आर्थिक वर्ष २०७२र७३ को पहिलो त्रैमासमा २ अर्ब २ करोड चुक्ता पूँजी भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले खुद मुनाफा २३ दशमलव ६८ प्रतिशत वृद्धि भई १२ करोड ७१ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा १० करोड २७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकले निक्षेपमा १४ दशमलव ५० प्रतिशत वृद्धि गरी २५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ पु¥याएको थियो । कर्जा प्रवाहमा १९ दशमलव ५२ प्रतिशत बढाएर २१ अर्ब ६२ करोड १ लाख रुपैयाँ पु¥याएको छ । गत वर्षमा १८ अर्ब ८ करोड ९१ लाख रुपैयाँ पु¥याएको थियो ।

त्यस्तै खुद व्याज आम्दानी १० दशमलव १९ प्रतिशत वृद्धि गरी २० करोड १६ लाख रुपैयाँ रहेको छ । बैकको व्याज आम्दानी ७ दशमलव ७२ प्रतिशतले बढेको छ भने व्याज खर्च ६ प्रतिशतले बढेको छ । बैंकले प्रोभिजनमा २ करोड १३ लाख रुपैयाँ राखेको छ भने ६ करोड २३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

सञ्चालन मुनाफा ४५ दशमलव ६० प्रतिशत वृद्धि भई १३ करोड ३७ लाख रुपैयाँ रहेको छ भने गत वर्ष सोहि अवधिमा ९ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रति शेयर आम्दानी १८ दशमलव ९६ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात २३ दशमलव २६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ५७ दशमलव ४२ रुपैयाँ रहेको छ ।

बैंकको तरलता अनुपात २३ दशमलव ४३ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव ८९ प्रतिशत घटेर १ दशमलव ८१ प्रतिशत पुगेको छ जुन गत वर्ष २ दशमलव ७० प्रतिशत रहेको थियो । जोखिम युक्त सम्पति भने शुन्य दशमलव ५७ प्रतिशतले घटेर ११ दशमलव ३७ प्रतिशत रहेको छ जुन गत वर्ष ११ दशमलव ९४ प्रतिशत रहेको थियो । दुबै कम्पनी मुनाफामा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411