सुन तोलामा पाँच सय रुपैयाँ बढ्यो

आईतवार, माघ ४, २०७१ साल,
काठमाडौ, माघ ४ । साताको पहिलो दिन आइतबार सुन तोलामा पाँच सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ५३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम दिन सुन तोलामा एकै दिन एक हजार एक सय रुपैयाँले बढेर प्रति तोलाको ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य आकाशिएको छ । गत शुक्रबार प्रति औँस एक हजार दुई सय ६४ डलरमा कारोबार भएको सुन आइतबार प्रतिऔँस एकै दिन १६ डलरले बढेर एक हजार दुई सय ८० डलरमा कारोबार भएको छ ।

स्विस नेशनल बैंकले तीन वर्ष पहिले युरो फ्रयाङ्कमा लगाएको सीमालाई फुकुवा गरेपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उच्च गतिमा वृद्धि भएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य थप उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ ।

आइतबार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर सात सय ४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर प्रतितोलाको सात सय २० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411