सुन एकै दिन ११ सयले बढ्यो, तोलाको ५३ हजार तीनसयमा कारोबार, चाँदी पनि सातसय २० पुग्यो

शुक्रबार, माघ २, २०७१ साल,
काठमाडौं माघ २ । शुक्रबार सुनको भाउ तोलामा एकहजार एकसय रुपैयाँले बढेको छ। विहीबार तोलामा ५२ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ५३ हजार तीनसयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हप्ताको पहिलो दिन आइतबार जस्तै विहीबार पनि सुन तोलामा ५२ हजार दुईसय रुपैयाँमा कारोबार भएको थियो। हप्ताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुन ११ सयले महँगो भएको हो।
सुनको भाउ बढेकै दिन चाँदी पनि महँगो भएको छ। चाँदीको भाउ शुक्रबार तोलामा सातसय २० रुपैयाँ तोकिएको छ। विहीबार चाँदीको भाउ सातसय १० रुपैयाँ तोकिएको थियो। चाँदी हप्ताको पहिलो दिनको तुलनामा अन्तिम दिन २० रुपैयाँ बढेको हो। आइतबार चाँदीको भाउ तोलामा सातसय रुपैयाँ थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411