​स्ट्याण्डर्ड चार्टर्ड बैंकको त्रैमासिक नाफा साढे ३४ करोड

सोमबार, कार्तिक ३०, २०७२ साल,
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा ३४ करोड ५२ लाख खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ४५ लाख रुपैयाँ कम हो । अघिल्लो बर्ष बैंकले यसैअवधिमा ३४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 निक्षेप संकलनको अनुपातमा कर्जा सापटी विस्तार गर्न नसक्दा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफामा कमी आएको हो । गतबर्षको पहिलो त्रैमासमा ५२ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकको निक्षेप बढेर चालुबर्षको यसैअवधिमा ५८ अर्ब रुपैयाँ पुगेको छ ।

एकबर्षको अवधिमा बैंकमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर कर्जा तथा सापटी भने २९ अर्बबाट घटेर २६ अर्बमा संकूचित भएको छ । बैंकको लगानी भने वृद्धि भई १० अर्बबाट बढेर १८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको यसअवधिमा प्रतिशेयर आम्दानी ६१.४३ पैसा, खराबकर्जा ०.३८ प्रतिशत, कर्जा निक्षेपको रेसियो ५९ प्र्र्रतिशत, क्यापिटल एडेक्वसी झण्डै १६ प्रतिशत रहको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411