कुवेतमाथि नेपालको सानदार जित

सोमबार, कार्तिक २४, २०७१ साल,

काठमाडौ, कार्तिक २४ - एसीसी यू-१९ प्रिमियर लिगको सोमबारको खेलमा नेपालले २ सय ६२ रन अन्तरले कुवेतमाथि जित हात पारेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले ३ सय २६ रनको चुनौति दिएकोमा २७ ओभर ४ बलमा  सबै विकेट गुमएर कुवेत ६३  रनमा सिमिति हुन पुग्यो ।

निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले ३ सय २५ रन जोडेको थियो । नेपालले आइतबार साउदी अरेयिबासँग विजय सुरुआत गरेको थियो । साउदीसँगको खेलमा नेपालले ३ सय २१ रन बनाएको थियो ।

कुवेतमै जारी खेलमा घरेलु टिम विरुद्धको आजको खेलमा नेपालका लागि आरिफ सेखले ८७, सौरभ खनालले ६४, सन्दिप सुनारले ४९, दीपेन्द्र एैरीले ४८, राजु रिजालले ३१ रनको महत्वपूर्ण योगदान गरे । नेपालले अतिरिक्त ३९ रन पाएको छ । बुधबार नेपाल मलेसियासँग भिड्ने छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411