एभरेष्ट बैंकको त्रैमासिक मुनाफा ३६ करोड ३७ लाख, गत बर्ष भन्दा ७ प्रतिशतले घट्यो,

बुद्धबार, कार्तिक २५, २०७२ साल,
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को पहिलो तीन महिनाको बित्तिय विवरण प्रकाशित गरेको छ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो पहिलो त्रैमासमा ३६ करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ जुन गत बर्ष भन्दा करिब ७ प्रतिसतले कम हो । 

गत वर्ष सोहि अवधिमा बैंकले ३९  करोड ११ लाख रुपैयाँ कमाएको थियो । निक्षेपतर्फ  भने १४ दशमलव ८९  प्रतिशत वृद्धिगरी ७६  अर्ब १ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्ष भने ६६ अर्ब १६ करोड ४७ लाख रुपैयाँ सकलन गरेको थियो ।

त्यस्तै बैंकले ५१ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ जुन गत बर्ष भन्दा ४  दशमलव १६ प्रतिशतले घटेको छ । गत वर्ष सोहि अवधिमा ५३ अर्ब ५५ करोड  रुपैयाँ  बराबर कर्जा लगानी गरेको थियो ।

एभरेष्ट बैंक लिमिटेड बैंकको खुद ब्याज आम्दानीतर्फ गत बर्ष भन्दा ६ करोडले घटेर  ६५ करोड ९४ लाख रुपैंया  मात्र आर्जन गरेको छ भने कुल सञ्चालन मुनाफा पनि गत बर्ष भन्दा करिब ६ करोडले घटेर ८२ करोड ३६ लाख रुपैयाँ कमाएको छ जुन  गत वर्ष सोहि अवधिमा ८८ करोड २६ लाख रुपैयाँ मुनाफा गरेको  थियो । सम्भावित घाटालाई यसपाली  शुन्यमा झार्न सफल भएको छ, त्यस्तै ५ करोड २६ लाख रुपैयाँ राईट ब्याक पनि गरेको छ ।

एभरेष्ट बैंक लिमिटेड  बैंकको प्रति शेयर आम्दानी ७२ दशमलब ११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२ दशमलब ७० गुणा, रिटर्न अन एसेट १ दशमलब ५५, रिटर्न अन इक्वीटी २१ दशमलब ०७ र प्रति शेयर नेटवर्थ ३ सय ६० दशमलब २१ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411