यती बैंकले ल्यायो कर नलाग्ने मुद्दति खाता

बिहीवार, माघ १, २०७१ साल,
काठमाडौं, माघ १ । यती डेभलपमेण्ट बैंकले माघ २ गतेदेखि लागु हुने गरी निक्षेपकर्ताहरुको लागि आर्कषक २५ महिने ट्याक्स फ्रि फिक्स डिपोजिट खाता संचालनमा ल्याएको छ ।

यो योजनामा निक्षेपकर्ताहरुले ८.५० प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज प्राप्त गर्न सक्नेछन् । ब्याजमा लाग्ने कर भने निक्षेपकर्ताहरुको ब्याजमा कट्टा नगरी बैंक आंफैले भुक्तानी गर्ने बैंकले जनाएको छ ।

यो खाता खोल्ने निक्षेपकर्ताहरुले नेपाल टेलिकम, एनसेल, डिस होम आदिमा २ सय ५० रुपैयाँसम्मको रिचार्ज कार्ड किन्दा सोही रकम बराबरको अर्को रिचार्ज कार्ड (टप-अफ) गरिदिने बैंकले जनाएको छ ।

त्यसैगरी, लकर सुबिधामा ५० प्रतिशत छुट पाउने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी प्रधान कार्यालय दरवारमार्गबाट साँझ ८ बजे सम्मको सन्ध्याकालीन काउन्टर र शनिबार तथा अन्य सार्वजनिक विदाका दिनहरुमा दिउसो १२ बजे देखि २ बजेसम्मको होली डे काउन्टर संचालन गरीरहेको बैंकले जानकारी गराएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411