​शेयर बजार २ अंकले बढेर ९४० पुग्यो, करिव २५ करोडको कारोबार,

बुद्धबार, पौष ३०, २०७१ साल,
काठमाडौं पुष ३० । सेयर बजार २.०५ अंकले बढेर बन्द भएको छ । वित्तीय क्षेत्रका कम्पनीहरुको मूल्य बढेपछि समग्र सेयर बजार बढेर ९३९.५३ अंक पुगेको हो ।
 
दिनभरीमा २४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो त्रैमासको अन्तिम दिन पनि करिव २५ करोडको सेयर कारोबार भएको हो । 
 
बजारमा १४४ कम्पनीका पाँच लाख ९० हजार ३८४ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा वढी नेशनल लाइफको दुई करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 
नेपाल लाइफको एक करोड ५५ लाख, विज्नेस युनिभर्स डेभलपमेन्ट बैंकको एक करोड सात लाख, नागरिक लगानी कोषको एक करोड तीन लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
 
सबैभन्दा वढी सहारा विकास बैंक, हिमालयन डिस्ट्रिलरी, सहयोगी विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंकका लगानीकर्ताले कमाएका छन् । 
 
गुमाउनेमा मुक्तिनाथ विकास बैंक, विराटलक्ष्मी विकास बैंक, शिखर इन्स्योरेन्स, ओरेन्टल होटललक्ष्मी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । 
 
सबैभन्दा वढी उत्पादनमूलक क्षेत्र १६.३ अंकले बढेको छ । यसपछि विकास बैंक, फाइनान्स र अन्य सुचक बढेको छ । बैंकिङ सुचक एक अंकभन्दा कमले बढेको छ । बैंकिङ र बिमा सुचकको मात्र १५ करोडको सेयर किनबेच भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411