​थोरै डाटा प्रयोग गर्नेका लागि टेलिकमको नयाँ प्याकेज (प्रयोग गर्ने तरिका)

शुक्रबार, कार्तिक २०, २०७२ साल,
काठमाडौं । नेपाल टेलिकमले थोरै डाटा प्रयोग गर्नेहरुका लागि नयाँ डाटा प्याकेज ल्याएको छ । आइतबारदेखि लागु हुने गरेर एनटिसीले जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ३५ रुपैयाँमा ५० एमबी डाटा दिने जानकारी दिएको छ ।यो डाटाको समयावधि १० दिनको हुने छ । 

यस्तै २ दिनमा प्रयोग गर्नु पर्ने १० एमबी डाटाका लागि भने ८ रुपैयाँ तिर्नु पर्ने छ । सिडिएमएका पोष्टपेड तथा प्रिपेड ग्राहकले भने १५ रुपैयाँमा ४० एमबी डाटा पाउने छन् । यसको समयावधि ३ दिनको हुने छ । माथिको दरमा १३ प्रतिशत भ्याट जोडिने छ ।

प्रयोग गर्ने तरिका :
GSM Postpaid मा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको Volume को बिचमा खाली राखेर १४०० मा SMS पठाउनु पर्छ । जस्तै M 10 MB Data लिन परेमा DATA  10MB Type गरी १४०० मा SMS पठाउनु पर्छ 

GSM Postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन CB Type गरी १४०० मा SMS पठाउन सकिन्छ ।
GSM Prepaid र CDMA Prepaid/postpaid मा डाटा सुविधा लिनका लागि आफूले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै M 40MB Data लिन परेमा DATA40MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ ।

GSM Prepaid र CDMA Prepaid/postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411