​बन्दमा साझा यातायात तोडफोड

मंगलवार, पौष २९, २०७१ साल,
काठमाडौं २९ पुस । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको उपत्यका बन्दमा दुई वटा साझा बसमा तोडफोड भएको छ । बन्दको बेला अरु बस नचलेपनि बिहानदेखि चलेको साझा बसलाई बन्दकर्ताले कुपण्डोलमा तोडफोड गरेका हुन् ।

बन्दकर्ताले बा २ ख २२१५ र बा २ ख २२२६ नम्बरको बस तोडफोड गरेका साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । बन्दकर्ताको आक्रमणबाट बसमा सामान्य क्षति पुगेको छ । बसमा तोडफोड गरेपछि मंगलबार सुरक्षालाई हेरेर रत्नपार्क – महाराजगञ्ज – नयाँ बसपार्क रुटमा पाँचवटा बस सञ्चालन गरिएको पाण्डेले जानकारी दिए ।

बसमा सुरक्षाकर्मी समेत राखेर चलाइएको छ । ‘अहिले काठमाडौंको सडकमा पाँचवटा साझा यातायात सञ्चालन गरिएको छ’ प्रबन्धक पाण्डेले भने, ‘यात्रु र बसको सुरक्षा भए हामी सबै बस चलाउन तयार छौं ।’ 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411