​अब तपाईको सबै इमेलको जवाफ गुगलले दिने

बिहीवार, कार्तिक १९, २०७२ साल,
एजेन्सी । गुगलको ईमेल एप इनबक्समा ठूलो अपडेट हुने बताइएको छ। यस अन्तरगत ‘स्मार्ट रिप्लाई’ नामको नयाँ फिचर ल्याउन लागिएको बताइएको छ। 
 
यो नयाँ फिचर आएपछि यसले प्रयोगकर्ताकोे इनबक्समा आएको कुन मेलको कस्तो रिप्लाई गर्न सकिन्छ भन्ने सल्लाह दिनेछ। 
 
एन्ड्रोइड कीबोर्डले जस्तै यसले प्रयोगकर्ताले लेख्ने अघिल्लो शब्द अनुमान गर्ने र यसमा मेसिन लर्निंग सिस्टम एडभान्स्ड हुने बताइएको छ। यो गुगलको आर्टिफिसियल इन्टेलिजेन्सको एड्भान्स्ड भर्जनमा आधारित भएको पनि बताइएको छ। 
 
स्मार्ट रिप्लाई फिचरको माध्यमबाट प्रयोगकर्तालाई छोटो र चाँडो रेस्पोन्स मिल्ने र यसबाट सामान्य रिप्लाई सोच्ने र लेख्नेमा सहज हुनुका साथै समयको बचत हुनेछ। 
 
यस क्रममा इनबक्सले प्रयोगकर्ताले पढिरहेको इमेल स्क्यान गर्ने र त्यसका तीनवटा जवाफको विकल्प प्रस्तुत गर्नेछ । प्रयोगकर्ताले त्यसमध्ये कुनै एक विकल्पमा ट्याप गरेमा त्यो स्वतः इमेलको टेक्स्ट फिल्डमा जानेछ। त्यसपछि प्रयोगकर्ताले त्यसमा थपघट गरेर जवाफको रुपमा सेन्ड गर्न सक्ने पनि बताइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411