क्रोएसियामा पहिलो महिला राष्ट्रपति

सोमबार, पौष २८, २०७१ साल,
क्रोएसिया, २८ पुस । क्रोएसियाको चुनावमा कडा प्रतिस्पर्धाका बीच विपक्षी दलकी दाबेदार कोलिन्दा ग्रेबर पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन् । 

मत गणनाअनुसार कोलिन्दाले ५०.५ प्रतिशत मत हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी इवो जोसिपोविकले ४९.५ प्रतिशत मत पाएका छन् । इवोले आफ्नो हार स्वीकार गर्दै कोलिन्दालाई राष्ट्रपतिका लागि बधाई दिइसकेका छन् । 

कोलिन्दाको जितले ६ वर्षसम्म शासन गर्ने वामपन्थी गठबन्धनको असफलतापछि देश दक्षिणपन्थी विचारधारातिर अगाडि बढेको संकेत गरेको छ। 

सन् २०१५ को अन्त्यतिर हुने संसदीय चुनावभन्दा अघि भएको राष्ट्रपति चुनावलाई यहाँका मुख्य दलको परीक्षाका रुपमा पनि लिइएको थियो । यो चुनावमा १ प्रतिशत मतअन्तरको कडा प्रतिस्पर्धा भएको छ । 

कोलिन्दा क्रोएसियन डेमोक्रेटिक युनियनकी एक राजनीतिक रुढीवादी सदस्य हुन् । उनले सन् १९९१ मा देशलाई युगोस्लाभियाबाट स्वतन्त्र गराउन भूमिका निर्वाह गरेकी थिइन् । ४९ वर्षीया कोलिन्दा पूर्वविदेशमन्त्री र नाटोको महासचिव बनिसकेकी छन् । -एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411