​नेपालद्वारा कुवेतसामू ३२६ रनको लक्ष्य प्रस्तुत

सोमबार, कार्तिक २४, २०७१ साल,
२४ कात्तिक, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले कुवेतसामू ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुवेतले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनायो । सुरुवात भने नेपालको खराव थियो ।

९ रन जोड्दा सुरुवात ३ विकेट गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हाले र चौथो विकेटका लागि कप्तान राजु रिजाल र उपकप्तान आरिफ शेखले ९४ रनको साझेदारी गरे । थौथो विकेटका रुपमा कप्तान रिजाल ३१ रनमा आउट भए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411