​मालिका बिकास बै‌कको पाँच प्रतिसत बोनस सेयर पछि चुक्तापूँजी २३ करोड नाघ्ने

सोमबार, पौष २८, २०७१ साल,
काठमाडौं पुष २८ । मालिका विकास बैंकले पाँच प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको गत विहीबार बसेको सञ्चालक समितिले पाँच प्रतिसत बोनस सेयरको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा साधारण सभाले पारित गरेपछि मात्रै बोनस वितरण हुनेछ ।
 
बैंकले बोनस वितरण गरेपछि चुक्ता पुँजीमा एक करोड १० लाख रुपैयाँ थपिने छ । हाल बैंकको चुक्तापूँजी २२ करोड पाँच लाख रुपैयाँ छ भने बोनस वितरण पछि २३ करोड १५ लाख रुपैयाँ पुग्छ । बैंकले गत वर्ष १० प्रतिसत बोनस सेयर दिएको थियो ।

१० जिल्ला कार्यक्षेत्र भएको यो बैंकको मुख्य कार्यालय कैलालीको धनगढीमा छ । २०५६ सालमा बैंक स्थापना भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411