बुटवल पावरले १५ प्रतिशत नगद लाभांश दिने

आईतवार, पौष २७, २०७१ साल,
काठमाडौं पुष २७ । निजी क्षेत्रको जलविद्युत् कम्पनी बुटवल पावरले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको आज सम्पन्न २२ औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको हो।

कम्पनीले आव २०७०/२०७१ मा ३० करोड ३८ लाख नाफा गरेको थियो। कम्पनीले हाल १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आधिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। यस्तै सोही कम्पनीले ३७ मेगावाटको कावेलीa, ३० मेगावाटको न्यादी खोला जलविद्युत् आयोजना निर्माण गरिहेको छ। यस्तै सम्बद्ध कम्पनीका रुपमा ६० मेगावाटको खिम्ती, हाइड्रो कन्सल्ट, विपिसी सर्भिसेज, नेपाल हाइड्रो तथा इलेक्ट्रिक र खुदी पावर सञ्चालन गरिरहेको छ।

यस्तै चालु आवको अन्त्यसम्म १०० मेगावाट क्षमताको तल्लो मनाङ(मर्स्याङ्दीको पनि निर्माण कार्य अगाडि बढाउने भएको छ। आँधीखोला जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धिको काम अन्तिम चरणमा पुगेको र केही महिनाभित्रै आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउने कम्पनीका अध्यक्ष पद्यम ज्योतिले जनाए। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411