​ साताको पहिलो दिन सुन उकालो लाग्यो

आईतवार, पौष २७, २०७१ साल,
 
काठमाडौ, पुस २७ । साताको पहिलो दिन आइतबार सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतिलाको ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार सुन तोलामा चार सय रुपैयाँले घटेर ५१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । गत साताभरमा सुनको मूल्य केही घटेको थियो । यो साता भने सुनको मूल्यले उकालो लाग्ने संकेत देखाएको छ ।

आइतबार चाँदीको मूल्यमा भने कुनै परिवर्त भएको छैन् । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोलाको सात सय रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411