​बंगलादेशले भन्योः नेपालमाथि सार्कको भावना विपरित भारतको नाकाबन्दी नैं हो

सोमबार, कार्तिक २, २०७२ साल,
काठमाडौं । नेपाल सरकारका मन्त्रीहरु ‘अघोषित नाकाबन्दी’ भन्न समेत हिच्किचाइरहेका बेला बंगलादेशका एक मन्त्रीले नेपालमाथि भारतले लगाएको नाकाबन्दी चाँडो हटाउनुपर्ने बताएका छन् ।

बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित भएको बताए । नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई क्षति पुगेको मात्र नभई समग्र सार्क क्षेत्रकै समृद्धीको सम्भाव्यतालाई आघात पुर्‍याएको उल्लेख गरे ।

भारतीय पत्रिका द हिन्दूसित कुराकानी गर्दै बंगलादेशका मन्त्री अहमदले भने(‘नेपालमाथि लक्षित नाकाबन्दी अब दुई देशबीचको द्विपक्षिय मामला मात्र होइन । यसले सार्कका सदस्य राष्ट्रहरुबीच साझा समृद्धिका योजनाहरुलाई अघात पुर्‍याउने सम्भावना छ ।’

बंगलादेशबाट टेलिफोनमा कुरा गर्दै उनले भारतले लगाएको नाकाबन्दी दक्षिण एशियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए ।

नाकाबन्दी प्रकरणलाई बंगलादेशले नजिकबाट नियालिरहेको भए पनि कूटनीतिक कारणले अहिलेसम्म औपचारिक प्रतिक्रिया व्यक्त नगरेको उनको भनाइ छ ।

यसै वर्षको जूनमा बंगलादेश, भूटान, भारत र नेपालले बिबिआइएन ट्रान्सपोर्ट नेटवर्कको संरचना निर्माणका विषयमा सहमति भएको थियो । बिबिआइएन भनेको दक्षिण एशियामा साझा समृद्धीका लागि लक्षित महत्वपूर्ण कदम हो । यसले नेपाल भुटान, भारत र बंगलादेश बीच व्यवसायिक सवारहीसाधनको आवतजावतलाई सहजिकरण गर्ने उद्देश्य लिएको छ । बंगलादेशका मन्त्रीले भने, यो नाकाबन्दीले बिबिआइएन जस्तो सहमतिमाथि प्रहार गरेको छ ।’

मन्त्री अहमद बंगलादेशका एक प्रमुख उदारवादी राजनीतिज्ञ मानिन्छन् । धेरै वर्षदेखि सार्क क्षेत्रमा स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील उनको प्रतिक्रियालाई महत्वपूर्ण मानिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411