सुध्रिए मौका, नसुध्रिए सुटआउट - एसएसपी थापा

आईतवार, कार्तिक १, २०७२ साल,
काठमाडौं । महानगरीय प्रहरी परिसरका नयाँ प्रमुख एसएसपी विक्रम सिंह थापाले आफू गुण्डालाई घण्टी बजाएर पूजा गर्ने प्रहरी अधिकृत नभएको बताएका छन्। अरुलाई मार्न हतियार बोकेर हिँड्ने गुण्डालाई प्रहरीले नमस्कार गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, मौका दिँदा नसुध्रिए प्रहरीले सुटआउट गर्न कञ्जुस्याँइ गर्नुपर्छ भन्नै छैन।

कोही सुध्रन्छ मौका, नसुध्रिए सुटआउटु, काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ुजनताको सुरक्षाको लागि जागिर खाएको हुँ। कर्तव्यपालनाका क्रममा जागिर र जीवन दुवै गौण हो। जागिर र जीवन दाउमा राखेर काम गर्न आएको हुँ।

आफू भनसुन र दवाबले चल्ने प्रहरी अधिकृत नभएको बताउँदै उनले सुनाए, विक्रम थापा बोल्ने मात्र प्रहरी अधिकारी हैन, बोलेका कुरा गरेरै देखाउने प्रहरी हो। म कानुन र पेशागत कर्तव्यप्रति जिम्मेवार हुने व्यक्ति हुँ। भनसुनको भरमा काम गराउन नसोचे हुन्छ।

काठमाडौंको अपराध नियन्त्रणका लागि उनले तीन एसको रणनीति समेत सार्वजनिक गरे। पहिलो चरणमा स्वीप अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रो स्क्रिनिङु अर्थात् अपराधको पृष्ठभूमि केलाउने, अपराधिक गतिविधि त्याग्न सचेत गराउने। यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिई सर्वसाधारणलाई दुःख दिने र अशान्ति मच्चाउन नछोडे अन्तिममा तेस्रो प्रयोग गर्ने उनले बताए। एसएसपी थापाले तेस्रो एसमा सुटआउटलाई राखेका छन्।

गुण्डा शब्द समाजमा मात्र होइन शब्दकोषमा पनि रहँदैनु, उनले भने, ुअहिले नाम चलेका कोही पनि गुन्डा हैनन् सबै लुटेरा हुन्। नागरिकबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411