​रुरल माइक्रोले २६ प्रतिशत, विराटलक्ष्मीले २५ प्रतिशत लाभांश प्रस्ताव

आईतवार, कार्तिक १, २०७२ साल,
काठमाडौं । रुरल माइक्रो फाईनान्सल डेभलपमेन्ट सेन्टरले बोनश सेयर तथा नगदं गरी २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छ । यसैगरि विराटलक्ष्मी विकास बैंकले पनि २५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै संस्थका सञ्चालक समितिको बैठकले उक्त परिमाणको लाभांश वितरणको प्रस्ताव गरेको नेप्सेले जनाएको छ । 

रुरल माइक्रो फाईनान्सल डेभलपमेन्ट सेन्टरको २२६९ औ बोर्ड बैठकले १० प्रतिशत बोनश शेयर तथा १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरि विराटलक्ष्मी विकास बैंकको असोज ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411