​अघोषित नाकाबन्दीको सम्बन्धमा राष्ट्रसंघको चासो, भन्यो ‘कात्तिक १५ भित्रै अत्यावश्यक सामग्रीको आपूर्ति अपरिहार्य’

शुक्रबार, असोज २९, २०७२ साल,
काठमाडौँ । यहाँस्थित संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ताको कार्यालयले शिशिर यामको आगमनअगावै भूकम्प अति प्रभावित उच्च हिमाली भेगमा अत्यावश्यक सामग्रीको आपूर्ति गरिसक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ। 
 
भूकम्पबाट प्रभावित भएका उच्च स्थानका समुदायलाई कात्तिक १५ भित्रै खाद्य पदार्थ र बसोबासका सामग्री आपूर्ति गर्न नसके ठण्डीको मारबाट उनीहरूलाई जोगाउन कठिन हुने जनाउँदै उक्त कार्यालयका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले एक हजार २०० मेट्रिक टन अस्थायी आवासका सामग्री ढुवानी हुन नसकेको बताए। 
 
इन्धनको चरम अभावका कारण विभिन्न जिल्लाका गोदाममा थन्किएका ती सामग्रीको ढुवानी एवम् आपूर्तिमा अवरोध भएकाले हिमपात हुनु अगावै मानवीय सहायताका कार्य कार्यान्वयनमा ध्यान दिन जरुरी भएको उनले आज जारी गरेको वक्तव्यमा उल्लेख छ। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411