​इमरान खानले गरे पत्रकारसँग बिहे

शुक्रबार, पौष २५, २०७१ साल,
​इस्लामावाद, पुस २५ । पाकिस्तानका पूर्वक्रिकेटर तथा नेता इमरान खानले टेलिभिजन एंकर रेहाम खानसँग विवाह गरेको पुष्टि गरेका छन् । इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) को आधिकारिक ट्विटर एकाउन्टले उनको बिहेका केही तस्बिर पनि सार्वजनिक गरेको छ । 

इमरान र रेहामको इन्गेजमेन्ट गत बिहीबार इमरानकै निवास बनी–गालामा सम्पन्न भएको थियो । पीटीआईको ट्विटरमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार रेहामका माता९पिता पाकिस्तानी हुन् भने रेहामको जन्म भने लिवियामा भएको थियो । उनले बेलायतमा पढेकी हुन्। 

रेहाम पेसाले पत्रकार हुन् । उनको आधिकारिक वेबसाइटका अनुसार उनले सन् २००६ बाट पत्रकारिताको क्यारियर सुरु गरेकी थिइन् । उनले  सन् २००८ मा बीबीसीमा पनि काम गरेकी थिइन् । उनले बीबीसीमा मौसमसम्बन्धी कार्यक्रम प्रस्तुत गर्थिन् । 
सन् २०१३ मा उनले पाकिस्तानी समाचार च्यानल ‘न्युज वान’ मा पनि काम गरेकी थिइन् । त्यतिबेला उनले आमचुनावको रिपोर्टिङ गरेकी थिइन् । 

इमरान र रेहामको इन्गेजमेन्ट कार्यक्रममा दुवैका परिवारबाहेक अरु बाहिरका कुनै पनि राजनीतिक व्यक्ति सहभागी थिएनन् । 
पाकिस्तानी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एक महिनादेखि इमरान र रेहामको बिहेको चर्चा भइरहेको थियो । 

पीटीआईका सूचना सचिवका अनुसार बिहेको भोज भने हुने छैन । यसको सट्टा पार्टी गरिब बालबालिकालाई खाना खुवाइने भएको छ । - बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411