​कामना विकास बैंकको साढे २२ प्रतिशत बोनश शेयर दिने प्रस्ताब साधारण सभाबाट पारित

शुक्रबार, असोज २९, २०७२ साल,
काठमाडौं । कामना बिकास वैंकको नवौं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट कुल चुक्ता पुंजीको १.१९ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) तथा २२.६० प्रतिशत वोनश शेयर प्रस्ताव गरेको थियो ।

बिहिवार पोखरामा सम्पन्न वैंकको सधारणसभाले २३.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको वैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनि सचिव उमेश कुमार आचार्यले जानकारी दिए । 

बैंकले गत आर्थिकबर्षको आषाढ मसान्त सम्ममा कूल ३ अर्व १४ करोड निक्षेप संकलन गरी २ अर्व ५६ करोड कर्जा लगानी गरेको छ भने गतबर्ष १२ करोड ४६ लाख रुपैयाँ संचालन मुनाफा कमाउको थियो ।

उक्त साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन समेत गरेको छ । संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकहरुमा राजेन्द्रनिधि कोइराला, चतुराखर अधिकारी, खेमनाथ भट्टराई, देवकृष्ण काफ्ले र बिष्णुराज पराजुली निर्विरोध निर्वाचित भएका छन् । उक्त नवनिर्वाचित संचालक समितिको पहिलो बैठकद्धारा पून राजेन्द्रनिधि कोइरालालाई नै अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।

पूँजी बृद्धि गरि थप सवल एवम् प्रतिस्पर्धी बन्नको लागि यस कामना विकास बैंक लि र पोखरामा नै केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कास्की फाइनान्स लि। संग मर्जरको लागि आपसी समझदारीमा हस्ताक्षर गरि मर्जर प्रक्रिया अगाडि बढाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411