सानिमा बैंकको एघारौं वाषिर्क साधारणसभाबाट २० प्रतिशत बोनस सेयर पारित

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बिहीबार सम्पन्न एघारौं वाषिर्क साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले बोनस सेयर वितरणपछि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ६२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.९८ प्रतिशत बढी हो ।

गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ३४ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने २८ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको कुल सम्पति ४० अर्ब ३० करोड रुपैयाँ बराबर छ ।

गत बर्षको तुलनामा बैंकको कुल निक्षेपमा ३६.८७ प्रतिशत, कुल ऋण प्रवाहमा ३८.६४ प्रतिशत र कुल सम्पतिमा ३७.१९ प्रतिशतले बृद्धि भएको छ ।

गत असार मसान्तसम्म बैंकका बित्तीय परिसूचक मध्येको निष्कृय कर्जा ०.०७ प्रतिशत, पुँजी कोष ११.०८ प्रतिशत, रियल स्टेट कर्जा ६.६९ प्रतिशत, तरलता अनुपात २२.३२ प्रतिशत र कर्जा-निक्षेप अनुपात ७६.०३ प्रतिशशत रहेको बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411