अघोषित नाकाबन्दीप्रति गम्भीर छु : प्रधानमन्त्री, ‘लुकामारीको खेल जस्तो भयो’

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितका लागि बृहत्तर एकता आवश्यक रहेको भन्दै सहकार्यको संस्कृतिलाई प्रश्रय दिने बताएका छन् ।

विहीबार बसेको व्यवस्थापिका–संसद बैठकलाई सम्बोधन गर्दै उनले असन्तुष्ट पक्षहरुलाई मुलधारमा ल्याउने प्रयास भइरहेको बताए ।

नजिकिँदो चाडपर्वका बेला भएको भारतको अघोषित नाकाबन्दीप्रति आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले सीमानाको अवरोध सहज बनाउने प्रयास भइरहेको बताए ।

तराईमा जारी आन्दोलनले अर्थतन्त्र कमजोर भइरहेको भन्दै उनले संघीयताको सीमांकनलाई संविधान संशोधनमार्फत् समाधान गर्न सकिने बताए ।

सरकारले भूकम्पपीडितका लागि सुरक्षित पुनर्बासलाई प्राथमिकतामा राखेको भन्दै उनले पुनःनिमाण, पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना, वैकल्पिक उर्जालगायतका विषयलाई अघि बढाइने बताए ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदमा पार्टीको उम्मेदवारीले विभाजन नभइ एकता ल्याउने तर्क गरे ।

यस्तै, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विगतका सहमति पालना गर्दै अघि बढे प्रमुख दलहरुबीचको दुरी घट्दै जाने बताए ।

यसैगरी, एकीकृत माओवादी नेता अग्नि सापकोटाले भारतको अघोषित नाकाबन्दी लुकामारीको खेल जस्तो भएको भन्दै शीघ्र समाधानको उपाय अवलम्बन गर्न आग्रह गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411