​एमाओवादीबाट सभामुखमा घर्ती, २९ असोज, ३ बजे निर्वाचन

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । एमाओवादीले ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । २८ असोजमा बसेको पार्टी स्थायी समितिको बैठकले पूर्व उपसभामुख घर्तीलाई सभामुख बनाउने निर्णय गरेको हो ।

यसअघि पार्टीले गिरिराजमणि पोखरेललाई सभामुख बनाउने भने पनि पोखरेलले सभामुख बन्न अस्वीकार गरेपछि घर्तीलाई सभामुख बनाउने निर्णय भएको हो ।

एमाओवादीले सरकारमा मन्त्रीहरु कसको नेतृत्वमा पठाउने भन्ने निर्णय अझै गरिसकेको छैन । यद्यपी पार्टीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकार जाने तय भएको एक स्थायी समिति सदस्यले बताए ।

अहिलेसम्म एमाओवादीबाट महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, शक्ति बस्नेत लगायत ८ जना मन्त्रिपरिषदमा सहभागी हुने पक्का भएको ती नेताले बताए ।

स्थायी समितिको बैठकले भने सरकारमा जाने मन्त्रीहरुको छनौट गर्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ ।

सहमतिको आधारमा सभामुख चयन गर्ने म्याद सकिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ २९ असोज बिहान ११:३० बजे सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्ने कार्यतालिका प्रकाशित गरेको छ ।

सचिवालयले आज अपरान्ह १४:३० सम्म सहमतिको आधारमा सभामुख चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । आग्रहबमोजिम सहमतिका आधारमा कुनै पनि प्रस्ताव दर्ता नभएकाले शुक्रबार बिहान ११:३० देखि २ बजेसम्म उम्मेदवारी दर्ता गराउन सचिवालयले सूचनामार्फत आग्रह गरेको हो ।

सूचनाअनुसार दिउँसो बजे सभामुखको निर्वाचन हुनेछ । यस्तै, उपसभामुखको चयन प्रक्रिया भने शुक्रबार साँझ ५ बजे व्यवस्थापिका–संसद्को बैठकमा अगाडि बढाइने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411