​ दुई लाख अनुदान लिनेले बैंकबाट कर्जा नपाउने, आवास पुनर्निर्माण कार्यविधि पारित

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त घर निर्माण गर्न सरकारले चार चरणमा दुई लाख रुपैयाँ दिने तयारी गरेको छ । रकम वितरणको कार्यविधि सरकारले गत साता पारित गरेको छ ।

सहरी विकास मन्त्रालयको संयोजकत्वमा तयार पारिएको ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान सहायता प्रवाह कार्यविधि ०७२’ मन्त्रिपरिषद्को समितिले पास गरेको छ । कार्यविधि अब कार्यान्वयनमा लगिने सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले बताए ।

तर, सहुलियत ऋण लिनेलाई सरकारले दुई लाख रुपैयाँ अनुदान नदिने भएको छ । कार्यविधिको बुँदा नम्बर ६ज मा भनिएको छ, ‘सहरी क्षेत्रमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख रुपैयाँ सहुलियत ऋण प्राप्त गर्ने घर परिवारले २ लाख रुपैया सहायता पाउने छैनन् ।’

कार्यविधिमा घर निर्माणका लागि दुई लाख रुपैयाँ चार किस्तामा दिने उल्लेख छ । सुरुमा २५ प्रतिशत, दोस्रो किस्ता ३० प्रतिशत, तेस्रो किस्ता ३५ प्रतिशत र १० प्रतिशत अन्तिम किस्ता दिने कार्यविधिमा उल्लेख छ ।

भुकम्पपीडितलाई घरको जग बनाउन सुरुमा २५ प्रतिशत (५० हजार रुपैयाँ) सरकारले उपलब्ध गराउने छ । जग भूकम्प प्रतिरोधि निर्माण भएको प्राविधिक परिक्षणबाट पुष्टि भएपछि मात्र दोस्रो किस्ता ३० प्रतिशत (६० हजार रुपैयाँ) पीडितले पाउने कार्यविधिमा उल्लेख छ ।

‘पिल्न्थभन्दा माथि गाह्रो, झ्याल, ढोकाको चौकोस राख्ने सम्पूर्ण कार्य भूकम्प प्रतिरोधि प्रविधि बमोजिम बनेरनबनेको बारेमा नियमित सुपरिवेक्षण गरी गाह्रो लगाउने काम सम्पन्न भएपछि तेस्रो किस्ताको लागि सिफारीस गर्ने,’ कार्यविधिमा उल्लेख छ । त्यस्तै, छानाको काम तोकिएको प्रविधि र गुणस्तरको कायम भएरनभएको नियमित अनुगमन गरेर मात्र चौथो किस्ताको सिफारीस हुने छ ।

घर निर्माण भइसकेको चार महिनापछि भूकम्पप्रतिरोधि प्रविधि प्रयोग गरी बनेको भवन भनेर सरकारले प्रमाणित गर्ने छ । स्थानीय निकाय (जिविस, नगरपालिका, गाविस) बाट अनुदान दिने र सुरपरिवेक्षणको काम सहरी विकास तथा स्थानीय निकायबाट गराउने कार्यविधिमा उल्लेख छ । नयाँपत्रिका

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411