​पपुवा न्यूगिनीमाथि नेपालको शानदार जित

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै शानदार जित हासिल गरेको हो । नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको फराकिलो जित हासिल गरेको छ ।

मलेसियाको किन्रारा ओभलमा सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई २८ ओभर दुई बलमै ‘अल आउट’ गर्दै ४८ रनमा समेटेको थियो । जितका लागि ४९ रनको सामान्य लक्ष्य पाएको नेपालले ९ ओभर एक बल मै एक विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि सुनिल धमलाले २४ योगेन्द्र सिंह कार्कीले १६ र सन्दिप सुनारले ४ रन बनाएका थिए । बलिङतर्फ सुनिल धमलाले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चिएर पाँच विकेट हात पारे । उनी प्लेयर अफ दि म्याच समेत घोषित भए । त्यस्तै आरिफ शेखले तीन विकेट लिए भने सुशील कँडेलले एक विकेट हात पारे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411