​म्याच फिक्सिङको आरोपमा सागर थापासहित चार खेलाडी पक्राउ

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।

थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये रितेश विभागीय टीम नेपाल पुलिसका समेत गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् ।

अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

स्रोतका अनुसार नेपाली खेलाडीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411