चेम्बरले मनायो ६३ औँ वार्षिकोत्सव, मुख्यसचिव भन्छन् : विकासको प्रमुख आधार निजीक्षेत्र

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको ६३ औँ वार्षिकोत्सव बुधबार विविध कार्यक्रम गरी मनाएको छ ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले चेम्बरको झण्डोत्तोलन गर्दै देश विकासको प्रमुख आधार औद्योगिक तथा व्यावसायिक विकास भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।
 
वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले देशको आर्थिक विकासका लागि चेम्बरको सहयोग अपरिहार्य रहेको भन्दै यसमा सरकार पनि सकारात्मक रहेको बताए।
 
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा हालैको भूकम्प र नाकाबन्दीको कारण नेपाली जनताले दुःख पाएकाले चेम्बरले आफ्नो संस्थाको वार्षिकोत्सव औपचारिकतामा सिमित गरेको बताउँदै भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउन सरकारले पहल गर्नुपर्ने बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411