​काँक्रेविहार बैंकको हकप्रद सेयर कात्तिक १६ बाट

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौं । काँक्रेविहार विकास बैंक लिमिटेडले कात्तिक १६ गतेबाट हकप्रद सेयर वितरण गर्ने भएको छ । एक जिल्ला कार्यक्षेत्र भएको बैंकले एक लाख ७२ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकको चुक्ता पुँजी तीन करोड ४५ लाख रुपैयाँ छ । बैंकले एक बराबर ०.५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न लागेको हो । सर्वसाधारणमा ४० प्रतिशत सेयर रहेको बैंकले हकप्रद जारीपछि पुँजी तीन करोड ९५ लाख  ५० हजार रुपैयाँ पुग्ने छ ।

बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा ग्रोमोर मर्चेन्ट बैंकर छ । हकप्रद सेयर भर्ने अन्तिम समय मंसिर २० गते तोकिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411