​कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौं । नेपाली काग्रेसले महत्वपूर्ण पदहरू राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखका लागि पनि आफ्नो तर्फबाट उम्मेद्वार उठाउने भएको छ। बुधबार पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पार्टी पदाधिकारीको बैठकले लोकतान्त्रिक पद्धती अनुसार प्रतिश्पर्धा हुनु स्वभाविक भएको भन्दै सबै पदमा आफ्नो उम्मेद्वार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्र बडुले बताए।

‘हामीले सबै पदमा उम्मेद्वारी दिने निर्णय गरेका छौ,’ बडुले भने,‘यसका लागि हिजो प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा संसदमा सहयोग गर्ने सबै राजनीतिक दलहरू तथा अन्य दलहरूसँग पनि परामर्श गरेर पार्टी अघि बढ्ने निर्णय भएको छ।’

साथै पदाधिकारी बैठकको प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबै राजनीतिक दल र समुदायलाई धन्यवाद दिएको छ। भविस्यमा पनि यस्तै सहयोग र सहकार्य गर्दै जाने अपेक्षा गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411