शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गौमुखी विकास बैंक एकआपसमा गाभिने

सोमबार, असोज २५, २०७२ साल,
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गौमुखी विकास बैंक एकआपसमा गाभिने भएका छन् । मर्जरसम्बन्धी सम्झौतपत्रमा शाइन रेसुङ्गाको तर्फवाट अध्यक्ष थानेश्वर पौडेल र गौमुखीका तर्फवाट अध्यक्ष नारायण बैद्यले हस्ताक्षर गरे ।

संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, कर्जाको गुणस्तर, पुँंजीकोष तथा अन्य वित्तीय सूचकांकहरु अत्यन्त सुदृढ र सवल रहेको दुवै बैंकले ग्रामिण क्षेत्रमा बैंकिंग साक्षरता तथा बैंकिग पहुंच पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

शाइन रेसुङ्गाको रुपन्देहीको बुटवलमा कर्पोरेट कार्यालय छ भने गौमुखीको प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय छ ।

चुक्ता पूँजी ६३ करोड ३३ लाख रुपैयाँ रहेको शाइन रेसुङ्गाले आर्थिक बर्ष को नाफाबाट २०७१/०७२ मा २७ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनका लागी १.४२ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ ।

सो पश्चात बैंकको चुक्ता पुँजी ८० करोड ४३ लाख हुनेछ भने गौमुखीको हालको चुक्ता पूँजी ४ करोड ४९ लाख रहेको छ भने हकप्रद १ करोड ६८ लाख रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन प्रक्रियामा छ । हकप्रद निश्कासन पश्चात चुक्ता चुक्ता ८७ करोड पुग्नेछ ।

ड्यू डेलिजेन्स अडिट (डिडिए) पश्चात नेटवर्थ समेतको आधारमा सेयर आदानप्रदान (स्वाप) रेसियो निर्धारण गरिनेछ । मर्जर पश्चात बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हुनेछ । मर्जर पश्चात निक्षेप ७ अर्व ६ करोड र कर्जा लगानी ६ अर्व ५ करोड पुग्नेछ भने केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् भने कर्मचारी संख्या करिव २०० हुने बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411