​सिद्धार्थ बैंकले २० प्रतिसत बोनस सेयर दिने

आईतवार, असोज २४, २०७२ साल,
काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर दिने भएको छ । यो बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिसत बोनस र १.०५ प्रतिसत नगद लाभांस दिने प्रस्ताव गरेको हो । 
  
नगद लाभांस कर प्रयोजनका लागि हो । नेपाल राष्ट्र बैंकको अनुमति पछि बैंकको साधारण सभाले पारित गरेमा लगानीकर्ताले बोनस सेयर पाउनेछन् । बैंकले गत वर्ष १२ प्रतिसत बोनस सेयर र ११.१६ प्रतिसत नगद लाभांस दिएको थियो । 
 
बैंकले यस वर्ष ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यो रकम बराबरको सेयर वितरण पछि बैंकको चुक्तापूँजी दुई अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ७६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411