​टेलिकमको डाटामा नयाँ प्याकेज, १३० रुपैयाँमा २०० एमबी, एक जिबीको ५ सय रुपैयाँ

मंगलवार, असोज १९, २०७२ साल,
काठमाडौँ ।  नेपाल टेलिकमले पोस्टपेडमा नयाँ डाटा प्याकेज घोषणा गरेको छ। यसअघि डाटा प्याकेज लिन नजिकैको सेन्टरमा गएर फाराम भर्नुपरे पनि असोज २० गतेदेखि एसएमएसबाटै सहज रुपमा प्याकेज लिन सकिने टेलिकमले जनाएको छ।

नयाँ शुल्क अनुसार २ सय एमबीका लागि १ सय ३० रुपैयाँ शुल्क लाग्नेछ। त्यसैगरी ५०० एमबीका लागि ३ सय रुपैयाँ र एक जिबीका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ। यो प्याकेज ग्राहकले एक महिनाभित्र उपयोग गरिसक्नुपर्नेछ।

त्यसैगरी ३ जिबीको प्याकेजको मूल्य १ हजार २ सय ९० तोकिएको छ। यसको अवधि दुई महिनाको छ भने ५ जिबीको सबैभन्दा ठूलो प्याकेजको मोल १८ सय रुपैयाँ र अवधि तीन महिनाको छ। शुल्कमा १३ प्रतिशत भ्याट र दूरसञ्चार शुल्क १० प्रतिशत अतिरिक्त लाग्नेछ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411