​आपूर्ति समस्या समाधान गर्न यूरोपियन यूनियनले मानवीय सहयोग गर्ने

मंगलवार, असोज १९, २०७२ साल,
काठमाडौं । नेपालमा देखिएको आपूर्ति समस्या समाधान गर्न युरोपियन युनियनआवद्ध मुलुकहरुले मानवीय सहयोग पुर्‍याउने जनाएका छन् ।

मंगलबार विज्ञप्ति निकाली इयूसम्बद्ध मुलुकका राजदूतहरुले आपूर्ति समस्या झेलिरहेका अस्थायी टहरामा बसोबास गर्ने गरिबका लागि मानवीय सामग्रीको आपूर्ति सहज पार्ने उल्लेख गरेका हुन् ।

भारतले डेढ हप्तादेखि पेट्रोलियम पदार्थ, औषधि तथा ग्याँससहितका अति आवश्यकीय सामग्री आपूर्ति रोकेको सन्दर्भमा डेनमार्क, फिन्ल्यान्ड, फ्रान्स, जर्मनी, बेलायतका राजदूतले विज्ञप्ति निकालेर आपूर्ति समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् ।

आपूर्ति बन्द हुँदा तराई लगायतका क्षेत्रमा बसोबास गर्ने गरिब बढी पीडित भएको इयूले उल्लेख गरेको छ ।

गत वैशाख १२ को भूकम्पले नेपालको थप ३ दशमलव ५ प्रतिशत जनसंख्यालाई गरिबीको रेखामुनि धकेलेको स्थितिमा मानवीय सामग्रीको आपूर्ति बन्द हुँदा गरिबको स्थिति झन् नाजुक भएको इयूले जनाएको छ ।

इयूआवद्ध मुलुकका काठमाडौंस्थित राजदूतहरुले सबै पक्षलाई वार्तामा लचिलो रुपमा पेश भइ समाधान खोज्न आग्रह गरेका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411