तातोपानी जाने पालो चन्द माओवादीको !

मंगलवार, असोज १९, २०७२ साल,
काठमाडौँ । नेपालको उत्तरी भेग तथा चीनसँगको नाका तातोपानी खुलाउन अखिल क्रान्तिकारीको एक टोली त्यसतर्फ गएको छ।

यसअघि नै बाटो खुलाउन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र एमाओवादीको विद्यार्थी संगठनका नेता त्यहाँ पुगेर फर्केका छन्।
 
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा एक सय विद्यार्थी घरेलु औजारसहित तातोपानी नाका खुलाउन हिजो त्यसतर्फ लागेको हो।
 
भूकम्पपछि भत्किएका तथा बिग्रिएका बाटो पन्छाएर नाका सञ्चालनमा ल्याउन सो टोलीले काम गर्ने महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिए। 
 
काठमाडौँ उपत्यकाबाट ५० जना र सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट गरी एक सयजना विद्यार्थीले नाका खुलाउन श्रमदान गर्ने छन्। सङ्गठनका केन्द्रीय सचिवालय सदस्य भारत मल्लको नेतृत्वमा गएको टोली एक हप्तासम्म नाका खुलाउन खटिने छन्। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411