​बैंकमा पैसा सकियो, इन्धन र आन्दोलनको कारणले यातायात नचल्दा रकम अभाव

मंगलवार, असोज १९, २०७२ साल,
काठमाडौं । झन्डै दुई महिनादेखिको बन्द र भारतले लगाएको अघोषित नाकाबन्दीको कारण तराईका बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव थालेको छ । त्यहाँका शाखा कार्यालयहरुले आफ्नो केन्द्रीय कार्यालयमा रकम अभाव सुरु भएको पत्र पठाउन थालेका छन् ।

दुई महिनादेखिको यातायात बन्दले नोट कोष वा राष्ट्र बैंक कार्यालयहरुबाट पैसा ल्याउन नसकिएकाले बैंक शाखाहरुमा रकम अभाव हुन थालेको हो । बन्दका कारण पुरै समय बैंकका कार्यालयहरु खुलेका छैनन्, जति समय खुल्छन् त्यसबेला रकम राख्नेभन्दा झिक्नेको संख्या धेरै हुने भएकाले पैसा अभाव हुन थालेको हो ।

केही बैंकहरुले तराईका शाखाहरुमा एक दिनमा झिक्न सकिने रकमको सीमा नै तोकेका छन् । सरकारी बैंकमा भने खासै समस्या देखिएको छैन । सरकारी बैंकहरुले नोट कोष चलाउने भएकाले पनि उनीहरुलाई रकम अभाव नभएको हो ।


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411